Vote for Er Bikram Khatiwada

×

ईन्जिनियर/आर्किटेक्ट साथीहरु,

मङ्सिर २८ गते हुन गैरहेको नेपाल इन्जिनियर्स एशोसियसन (NEA) को निर्वाचनमा लोकतान्त्रिक समुहबाट केन्द्र मा प्रो.ई.हिरेन्द्र मान प्रधान सर को नेतृत्व तथा प्रदेश नं  ३ मा ई. सुबाश चन्द्र बराल को नेतृत्वको प्यानलबाट कार्य समिति सचिवको पदमा आफ्नो उम्मेदवारी दिएको छु। आफ्नो अमुल्य मत प्रदान गरि अत्यधिक बहुमतका साथ सम्पुर्ण प्यानल लाइ बिजयी गराइदिनुहुन सम्पूर्ण विद्वत इन्जिनियर वर्गमा अनुरोध गर्दछु |


 

एशोसियसनमा मेरो भूमिका

समस्त इन्जिनियर हरुलाई एकजुट गराई राष्ट्रिय राजनीति र प्रशासन को क्षेत्र मा अग्रणी भूमिका खेल्ने बाचा गर्दछु।  इन्जिनियरिंग पेसा लाई सम्मानित र मर्यादित बनाउन हर सम्भव कोशिस गर्नेछु। इन्जिनियर को हक र अधिकार को सुनिश्चितता को लागि पहल गर्नेछु । इन्जिनियर को भविष्य संग देश को भविष्य जोडिएको हुँदा इन्जिनियर लाई सफलता पुर्वक कार्य सम्पादन गर्न योग्य र सुरक्षित वाताबरण निर्माण गर्न जोडदार रुपमा पहल गर्नेछु।  देश को आर्थिक - सामाजिक क्षेत्र को विकासमा इन्जिनियर को भूमिका लाई अझ फराकिलो र मजबुत बनाउन हरेक स्थानीय तह मा कम्ति मा एक विषयगत इन्जिनियर को दरबन्दी बनाउन जोडदार रुपले पहल गर्नेछु। अपेक्षित प्रयासमा भैरहेको कार्यगत उपलब्धिहरु सबैमाझ निरन्तर राख्दै सम्पूर्ण कार्यकालभरि अहिलेकै उर्जा र जोशका साथ इन्जिनियरिंग समुदाय र संस्थाको सेतुको भूमिकामा अनवरत रहनेछु | प्रदेश एकाइको दिगो व्यवस्थापनको लागि केन्द्रसंग समन्वय गरेर बिधान अनुरुपका संगठनका एकाइहरु निर्माण तथा कार्यन्वयनको लागि क्रियाशील रहनेछु | समुदायबाट प्राप्त सुझाव र सल्लाहहरुको आधारमा भावी कार्य योजना निर्माण गर्नुका साथै “संस्था व्यक्तिको लागि र व्यक्ति संस्थाको लागि” बन्नसक्ने वातावरण निर्माण गर्नेछु |


राज्यको अदुरदर्शी र अप्रभावकारी नीति - नियमका कारण प्रत्येक वर्ष सयौं इन्जिनियरहरू विदेश पलायन हुन बाध्य छन्।  देशमै समस्त इन्जिनियरको सम्मानित र मर्यादित रुपमा खपत हुने वातावरण निर्माण गर्न नेतृत्वदायी भूमिका खेल्नेछु। विगत केहि वर्ष देखि घट्दै गैरहेको इन्जिनियरिङ्ग पेशा प्रतिको आकर्षणलाई पुन: उचाईमा पुर्याउन राज्यको नीतिलाई समयानुकुल परिवर्तन गर्न पहल गर्नेछु।  इन्जिनियरलाई राज्यको उच्च तहमा पुग्नबाट रोक्ने विभेदकारी र उपेक्षाकारी नीतिको तत्काल खारेजी गर्न जोडदार रुपमा पहल गर्नेछु। इन्जिनियरिङ्ग पेशासंग राज्यका अरु महत्वपूर्ण पेसा जोडिएको हुदाँ इन्जिनियरिङ्ग पेशालाई केन्द्र-बिन्दु बनाई अरु पेसा संगको सम्बन्ध सुमधुर बनाउन हरसम्भव प्रयत्न गर्नेछु। धन्यवाद
 

मेरो संक्षिप्त परिचय

NEA प्रदेश नं ३

·    नेपाल ईन्जिनियर्स एशोसिएसन हेटौडा क्षेत्रीय केन्द्र को बिगत दुई कार्यकाल देखि नेतृत्व गरेको अनुभव |

·    सूचना प्रविधि तथा  विद्युतीय शासन क्षेत्र मा बिगत ६ बर्ष देखी को अनुभब |

·    प्रदेश नं ३ को (हेटौडा) नै जन्म एवम् कर्म थलो |

·    सूचना प्रबिधि को उच्चतम प्रयोग मा जोड दिने  |

 

ई बिक्रम खतिवडा, ९८५१२७६०८३

३ नम्बर प्रदेशमा प्रदेश सचिव पद को उम्मेदवार


 

 

Vote for Er Bikram Khatiwada

Hi, I'm Er Bikram Khatiwada.

I'm a computer engineer.
I work in Local Governance & Community Development Programme (LGCDP)
as an ICT Program Coordinator.

Connect with me @Facebook